पर्थ स्कार्चर्स सिड्नी बिग ब्यास लिग बीबीएलको उपाधि जित्न सफल
Prime TV News एक महिना अगाडि 
काठमाडौ । पर्थ स्कार्चर्स सिड्नी बिग ब्यास लिग बीबीएलको उपाधि जित्न सफल भएको छ ।
फाइनल खेलमा सिड्नी सिक्सर्सलाई ६ विकेटले पराजित गर्दै पर्थ स्कार्चर्स छैटौँ पटक च्याम्पियन बनेको हो । फाइनलमा सिक्सर्स पहिले ब्याटिङ गर्दै २० ओभरमा १३२ रनमा अलआउट भयो।
पर्थका बलरहरूले अनुशासित बलिङ गर्दै विपक्षीलाई कम स्कोरमा रोक्न सफल भए। प्रतिद्वन्द्वीको लक्ष्य पछ्याउने क्रममा पर्थले १७ दशमलव ३ ओभरमै लक्ष्य पूरा गर्यो । पर्थका प थिएस मिचेल मार्शले ४४ रन बनाए । फिन एलेनले ३६ रन र जोस इंग्लिसले २९ रन बनाए ।
जितसँगै पर्थ स्कॉर्चर्स बिग ब्यास लिगको सबैभन्दा सफल फ्रेन्चाइजका रूपमा स्थापित भएको छ ।













