नेपाली बजारमा सुनचाँदीको मूल्यमा फेरि उछाल, सुन हालसम्मकै महँगो

User Image Prime TV News एक महिना अगाडि
Image of नेपाली बजारमा सुनचाँदीको मूल्यमा फेरि उछाल, सुन हालसम्मकै महँगो

काठमाडौ । नेपाली बजारमा सुनको मूल्यले सोमबार फेरि नयाँ कीर्तिमान कायम गरेको छ । एकैदिन तोलामा ५ हजार २ सय रुपैयाँले बढ्दै सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा ३ लाख ९ हजार रुपैयाँ कायम भएको छ । यसअघि आइतबार सुन तोलाको ३ लाख ३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

लगातार बढ्दो सुनको मूल्यले गहना व्यवसाय र उपभोक्तामा असर देखिन थालेको व्यवसायीहरू बताउँछन् । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि र स्थानीय माग–आपूर्तिको अवस्थाका कारण सुनको मूल्य बढेको अनुमान गरिएको छ ।

यता चाँदीको मूल्य पनि उकालो लागेको छ । सोमबार चाँदी तोलामा २७५ रुपैयाँले बढेर प्रतितोला ६ हजार ७ सय ६५ रुपैयाँ पुगेको छ । आइतबार चाँदी प्रतितोला ६ हजार ४ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।