आन्तरिक उत्पादन प्रवर्दन गर्ने स्पष्ट नीति निर्माण आवश्यक छः मन्त्री खनाल

User Image Prime TV News एक महिना अगाडि
Image of आन्तरिक उत्पादन प्रवर्दन गर्ने स्पष्ट नीति निर्माण आवश्यक छः मन्त्री खनाल

काठमाडौ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आन्तरिक उत्पादन प्रवर्दन गर्ने स्पष्ट नीति निर्माण आवश्यक रहेको बताएका छन् । 

७४औँ अन्तरराष्ट्रिय भन्सार दिवसका भन्सार विभागले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री खनालले आन्तरिक उत्पादनले आयातलाई क्रमश प्रतिस्थापन गर्नुपर्ने भन्दै त्यसका लागि आन्तरिक उत्पादन प्रवद्र्धन गर्ने स्पष्ट नीति निर्माण आवश्यक रहेको बताए । 

आन्तरिक उत्पादन वृद्धि नगरी मुलुकको अर्थतन्त्र सुधार गर्न सहज नहुने भएकाले यसतर्फ सरकारले ध्यान दिएको भन्दै मन्त्री खनालले भन्सार ऐनको प्रभावकारी कार्यान्वयन र भन्सार नियमावली छिट्टै ल्याउने तयारी भइरहेको जानकारी दिए । 

उनले आर्थिक क्षेत्रको सुधारका कामहरु सुरु भइरहेको भन्दै त्यसमा देखिएका गुनासाहरुलाई सरकारले सुन्ने र समाधानको प्रयास गर्ने धारणा राख्दै भन्सार र सुधार रणनीतिमा धेरै योजनाहरु आउने भएकाले बजेट अगावै रणनीति बनाउन बिभागलाई सुझाव दिए ।