साताको दोस्रो दिन नेप्सेमा सामान्य करेक्सन, कारोबार रकम बढ्यो

User Image Prime TV News एक महिना अगाडि
Image of साताको दोस्रो दिन नेप्सेमा सामान्य करेक्सन, कारोबार रकम बढ्यो

काठमाडौ । साताको दोस्रो कारोबार दिन सोमबार नेप्सेमा सामान्य करेक्सन आएको छ। सोमबार नेप्से परिसूचक ३.०७ अंक घटेर २,७६९.०९ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स १.६५ अंक, फ्लोट इण्डेक्स ०.२१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५२ अंकले घटेका छन्।

अल्पकालिन लगानीकर्ताले नाफा सुरक्षित गर्दा बजार सामान्य करेक्सनमा गएको हो, तर कारोबार रकम भने बढेको छ। सोमबार ३३२ स्टकको १,४७,६७६ पटकको कारोबारमा १६ अर्ब ३५ करोड रुपैयाँबराबरको ३ करोड ६२ लाख कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन एसवाई प्यानल नेपाल, हिम स्टार उर्जा कम्पनी, सान्भि इनर्जी, सप्तकोशी डेभलपमेन्ट बैंक र माउन्टेन हाइड्रो नेपालको शेयर सकारात्मक सर्किटमा पुगेका छन्। कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य करिब १० प्रतिशत र ट्रे‍ड टावरको शेयर मूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबार रकमका आधारमा हिमालयन पावर पार्टनर शीर्ष स्थानमा रहेको छ। आँखु खोला जलविद्युत कम्पनीको कारोबार ५६ करोड रुपैयाँ नाघेको छ भने मञ्जुश्री फाइनान्सको कारोबार ५२ करोड रुपैयाँ पुगेको छ।

१३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ। विशेषगरी होटल तथा पर्यटन उपसमूह १.६७ प्रतिशतले सर्वाधिक वृद्धि भएको छ। त्यस्तै, जलविद्युत, उत्पादन तथा प्रशोधन र म्युचुअल फन्ड उपसमूहमा सामान्य सुधार देखिएको छ।