राप्वपाले झापा–५ मा घरदैलो कार्यक्रम सुरु

User Image Prime TV News एक महिना अगाडि
Image of राप्वपाले झापा–५ मा घरदैलो कार्यक्रम सुरु

झापा । राष्ट्रिय स्वतन्त्र पार्टीले झापा–५ मा घरदैलो कार्यक्रम सुरु गरेको छ । 

झापा निर्वाचन क्षेत्र नं. ५ अन्तर्गत दमक–९ मा राष्ट्रिय स्वतन्त्र पार्टीको आयोजनामा सोमबार मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमका क्रममा रास्वपाका नेताहरूले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गरेर आफ्नो पक्षमा मत मागेका थिए ।

रास्वपा चुनाव प्रचार–प्रसार सचिवालयको नेतृत्वमा भएको पहिलो चरणको घरदैलो कार्यक्रम मंगलबार सम्पन्न हुने बताइएको छ । प्रतिनिधिसभा निर्वाचनमा चर्चाको केन्द्र बनेको झापा–५ मा ए
मालेबाट अध्यक्ष केपी ओली र रास्वपा वरिष्ठ नेता बालेन शाहले उम्मेदवारी दर्ता गराउनुभएको छ ।