एन्फा राष्ट्रिय लिगमा मनाङ मर्स्याङ्दी क्लबले पहिलो जित
Prime TV News एक महिना अगाडि 
काठमाडौ । काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा मनाङ मर्स्याङ्दी क्लबले पहिलो जित हासिल गरेको छ ।
सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मनाङले काँक्रेविहार क्लबलाई ५–१ ले पराजित गर्दै पहिलो जित निकालेको हो । मनाङको जितमा सुरेश कुमालले १७ औ मिनेट, अनिल कुमारले २५ औं मिनेट, ५४औं र ८५ औं मिनेटमा गिडियन नाह र ८० औं मिनेटमा नवराज गुरुङले गोल गरेका थिए ।
काँक्रेविहारका लागि एकमात्र सान्त्वना गोल सन्दीप देउवाले खेलको २० औ मिनेटमा गरेका थिए । जितसंगै मनाङको चार खेलबाट ३ अंक भएको छ भने समान खेल खेलेको काँक्रेविहार अंकविहीन अवस्थामा रहेको छ ।













