सभापतिको उपचार पनि नपर्खि नेतृत्वको बहस चलाउनु उचित हैनः नेता महत

User Image Prime TV News २ हप्ता अगाडि
Image of सभापतिको उपचार पनि नपर्खि नेतृत्वको बहस चलाउनु उचित हैनः नेता महत

काठमाडौ । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले लोकतान्त्रिक संवैधानिक व्यवस्थामा टेकेर नै कमीकमजोरी हटाएर मुलुकलाई अघि बढाउनुपर्ने बताएका छन् ।

आइतबार जेनजी आन्दोलनका क्रममा आगजनी भएको काठमाडौंको महाराजगंजस्थीत आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता महतले युवापुस्ताको आकांक्षालाई लोकतान्त्रिक संवैधानिक व्यवस्थामा टेकेर नै कमीकमजोरी हटाएर मुलुकलाई अघि बढाउनुपर्ने बताए ।

युवाको आन्दोलनका नाममा अपराधीक घटना घटाउने प्रवृति विस्तारै खुल्दै जाने उनले बताए । संवैधानिक व्यवस्थालाई पूर्णरुपमा टेकेर सरकार बन्न नसकेपनि संवैधानिक बाटोबाट अघि बढ्न सक्नुपर्ने धारणा राख्दै प्रवक्ता महतले तोकिएको समयमा नै निर्वाचन गरेर जननिर्वाचित सरकार गठन हुनुपर्नेमा जोड दिए । 

जनेजी आन्दोलन पछि पार्टी भित्र नेतृत्व परिवर्ननको एजेण्डाले प्रथामिकता पाइरहेको बेला प्रवक्ता महतले अहिलेको विशेष अवस्थामा पार्टी नेतृत्वका बिषयमा प्रश्न उठाउनु भन्दा पनि आन्तरिक एकता बलियो बनाउने बेला भएको उल्लेख गरे । पार्टी सभापतिमाथि सांघातिक प्रहार हुँदा उपचार पनि नपर्खि नेतृत्वको बहस चलाउनु उचित नहुने नेता महतको भनाई थियो ।