सुदन गुरुङले सुरु गरे आजदेखि घरदैलो अभियान
Prime TV News एक महिना अगाडि 
काठमाडौ । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोरखा क्षेत्र नम्बर १ का उम्मेदवार सुदन गुरुङले आजदेखि घरदैलो अभियान सुरु गरेका छन्।
अभियानको सुरुआत उनले गोरखाको दुर्गम चुमनुब्री गाउँपालिकाबाट गरेका हुन्। घरदैलो अभियानको घोषणा गर्दै गुरुङले आफ्नो उम्मेदवारी पद, शक्ति वा सुविधा प्राप्तिका लागि नभई गोरखाप्रतिको कर्तव्य र देशप्रतिको जिम्मेवारीबाट प्रेरित भएको दाबी गरेका छन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देशमा उनले गोरखालाई वीरहरूको भूमि भन्दै यहाँको इतिहास, पहिचान र संस्कारप्रति सम्मान व्यक्त गरेका छन्।












