चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड आवागमन संचालनमा ल्याउने प्रयास जारी

User Image Prime TV News २ हप्ता अगाडि
Image of चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड आवागमन संचालनमा ल्याउने प्रयास जारी

काठमाडौ । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोला नजिक खसेको पहिरो पन्छाउने काम भइरहेको छ । 

पहिरो पन्छाउने क्रममा माथिबाट निरन्तर रूपमा ढुंगा झरिरहेको अवस्था रहेपनि एकतर्फी भएपनि सडक आवागमन संचालनमा ल्याउनको लागि प्रयासरत रहेको सडक डिभिजन भरतपुरले जनाएको छ ।

शनिबार दिनभरि पहिरो पन्छाउँदासमेत नसकिएपछि आइतबार पुनः पहिरो पन्छाउने काम सुरु गरिएको हो । पहिरोका कारण सडकमा शुक्रबारदेखि यात्रु तथा सवारीसाधन अलपत्र परेका छन् । यसैबीच, पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध हुँदा अलपत्र परेका यात्रुलाई बिभिन्न निकायको सहकार्यमा निःशुल्क खाना र खाजा वितरण गरेका छन् ।