सुनको मूल्य फेरि ऐतिहासिक उचाइमा, प्रतितोला ३ लाख ९ हजार ३ सय रुपैयाँ

User Image Prime TV News एक महिना अगाडि
Image of सुनको मूल्य फेरि ऐतिहासिक उचाइमा, प्रतितोला ३ लाख ९ हजार ३ सय रुपैयाँ

काठमाडौ । नेपाली बजारमा सुनको मूल्यले मंगलबार पनि नयाँ कीर्तिमान कायम गरेको छ। अघिल्लो दिनको तुलनामा मंगलबार सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला ३ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि सोमबार सुनको भाउ प्रतितोला ३ लाख ९ हजार रुपैयाँ कायम भएको थियो।

आइतबारको तुलनामा सोमबार सुनको मूल्य एकैदिन ५ हजार २ सय रुपैयाँले बढेको थियो। लगातार बढ्दो मूल्यले सुन बजारमा नयाँ रेकर्ड कायम हुँदै गएको देखिएको छ। सुनसँगै चाँदीको मूल्य पनि उकालो लागेको छ। मंगलबार चाँदीको भाउ प्रतितोला १ सय ५ रुपैयाँले बढेर ६ हजार ८ सय ७० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

यसअघि सोमबार चाँदी प्रतितोला ६ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भएको थियो भने आइतबार चाँदीको मूल्य ६ हजार ४ सय ८० रुपैयाँ रहेको थियो। अन्तर्राष्ट्रिय बजारको प्रभाव र लगानीका लागि सुनचाँदीप्रति बढ्दो आकर्षणका कारण मूल्यमा निरन्तर वृद्धि भइरहेको व्यवसायीहरूको भनाइ छ।