प्रचण्ड नेतृत्वको नेकपामा विभिन्न पार्टीका नेताहरू प्रवेश गर्दै
Prime TV News एक महिना अगाडि 
काठमाडौ । क्रान्तिकारी कम्युनिष्ट पार्टी र अन्य साना दलका नेताहरू आज पुष्पकमल दाहाल “प्रचण्ड” नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्दैछन्।
पार्टीको सचिवालयका अनुसार मोहन वैद्य नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी, विप्लव नेतृत्वको नेकपा माओवादी र चुरे भावर पार्टीका नेता कार्यकर्ताहरूलाई पनि प्रवेश गराइने कार्यक्रम आज दिउँसो साढे १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजना गरिएको छ।
क्रान्तिकारी कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य भीम चापागाइँ, बालकृष्ण वलीसहित १५ जना नेता कार्यकर्ताले पार्टी प्रवेश गर्नेछन्। त्यस्तै, विप्लव नेतृत्वको नेकपाका केही केन्द्रीय सदस्य र चुरे भावर पार्टीका नेताहरू पनि नेकपामा समाहित हुने सचिवालयले जनाएको छ।












