संसद पुनःस्थापनाको माग गर्दै काठमाडौंमा प्रदर्शन
Prime TV News एक महिना अगाडि 
काठमाडौ । संसद पुनःस्थापनाको माग गर्दै युवाहरुको एक समूहले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
असंवैधानिक रुपमा बिघटन गरेको संसद बैधानिक तवरबाट पुनःस्थापना हुनुपर्ने भन्दै नागरिक युवा समाज नामक संस्थामा आवद्ध युवाहरुले मंगलबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् ।
सर्वोच्च अदालतमा प्रतिनिधिसभा पुर्नस्थापना मुद्दा बिचाराधीन रहेको अवस्थामा संविधानको रक्षा गर्ने गरि आदेश आउने उनीहरुको विश्वास छ । उनीहरुले अदालतमा रहेका मुद्दाको छिटो फैसला हुनुपर्ने र बैधानिक तवरबाट संसद पुनःस्थापना होस भन्ने आफुहरुको मुख्य माग रहेको जनाएका छन् ।
देशलाई विधिमा सञ्चालन गर्न पनि संसद पुनःस्थापना हुनुपर्ने उनीहरुको भनाइ छ । प्रदर्शनमा सहभागी युवाहरुले संविधान बचाउ, संसद फर्काउ, लुटिएको संसद फिर्ता गर, बिघठित संसद पुर्नस्थापना गर, लगाएतका प्लेकार्डसहित नारावाजी गरेका थिए ।












