आगामी निर्वाचनमा काठमाडौं– ८ रोचक बन्दै, त्रिपक्षीय प्रतिस्पर्धा हुने अनुमान

User Image Prime TV News एक महिना अगाडि
Image of आगामी निर्वाचनमा काठमाडौं– ८ रोचक बन्दै,  त्रिपक्षीय प्रतिस्पर्धा हुने अनुमान

काठमाडौ ।  चुनाव नजिकिँदै जाँदा उम्मेदवारहरु प्रचारप्रसारमा जुटेका छन् । निर्वाचन प्रचारप्रसारका लागि सभा, जुलुस, खुला प्रचार अभियान खुलेसँगै काठमाडौँ क्षेत्र नं ८ मा चुनावी चहलपहल बढेको छ । उम्मेदवारहरुले समूहमा घरदैलो र टोलमा कोणसभाका कार्यक्रम अघि बढाइरहेका छन् । 

आगामी फागुन २१ गते हुने निर्वाचनमा दलहरुले एकल प्रतिस्पर्धामा उत्रदै छन् । जसकाका कारण पनि काठमाडौ क्षेत्र नम्बर ८ थप रोचक बनेको छ । यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका नेता विराजभक्त श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टीवाट सुमन सायमी, नेकपा एमालेवाट राजेश शाक्य, राप्रपाबाट नवीन शाही चुनावी मैदानमा छन् । 

श्रेष्ठले उक्त क्षेत्रमा दोस्रोपटक प्रतिस्पर्धामा उत्रिन लागेका हुन्। २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा सोही क्षेत्रबाट चुनाव जितेका उनी केही महिना युवा तथा खेलकुदमन्त्री भएका थिए।

उता पुस्तौदेखि स्थानीयले उपभोग गर्दै आएको अधिकार मासेर गरिने विकासको विरुद्ध सायमीले अभियान चलाउँदै आएका छन् । गत आम निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट प्रतिनिधिसभा उम्मेदवार भएका उनी रास्वपाका महर्जन संग पराजित भएका थिए ।

यस पटको निर्वाचनमा पनि श्रेष्ठ र सायमी विच नै कडा प्रतिष्पर्धा हुने अनुमान गरिएको छ । तथापी राप्रपाका उम्मेद्ववार शाही पनि प्रतिस्पर्धीका रुपमा देखिएका छन् । शाही पनि स्थानीयवासी, समाजसेवी र सबै पिंढीका नागरिकबीच लोकप्रिय छन् ।

नेता शाही आफू यो क्षेत्रको स्थानीय वासिन्दा भएको र जनताको हरेक सुखदुःखमा साथ रहेकाले आफनो जित सुनिश्चित हुने दावी गरेका छन् ।