झन्डा दुरुपयोग विरुद्ध कारबाही गर्न सांसदको

User Image Prime TV News एक महिना अगाडि
Image of झन्डा दुरुपयोग विरुद्ध कारबाही गर्न सांसदको

काठमाडौ । सांसदहरूले नेपाली राष्ट्रिय झन्डाको दुरुपयोग रोक्न कानुनी कारबाहीको माग गरेका छन्।

राष्ट्रिय सभाको बैठकमा नेपाली कम्युनिष्ट पार्टीकी सांसद गंगाकुमारी बेलवासेले चुनावी सभा, जुलुस र र्‍यालीमा राष्ट्रिय झन्डाको प्रयोग पूर्ण रूपमा रोक्न सरकारसँग आग्रह गरेकी छिन्। उनले चुनावी प्रचारप्रसारको क्रममा राष्ट्रिय झन्डा दुरुपयोग भइरहेको बताउँदै यसको व्यवस्थापन र संरक्षणमा स्पष्टता नभएको उल्लेख गरेकी छिन्।

सांसद बेलवासेका अनुसार, चुनावी अभियानमा प्रयोग भएका झन्डा अहिले कहाँ छन्, कसरी राखिएका छन् र कसले स्याहार गरेको छ भन्नेबारे कुनै ठोस जानकारी नभएको बताईन् । उनले भनिन्, “नेपाली झन्डालाई चुनावी अभियानमा प्रयोग गर्न हुँदैन। टोटल ढंगले रोक्नुपर्छ। घाँटीमा माला जस्तै लगाइएका झन्डा अहिले कहाँ पुगेको छ, कसले स्याहार गरेको छ भन्ने कुरा पत्ता लगाउन सकिँदैन।”

उनले राष्ट्रिय झन्डाको दुरुपयोग रोक्न कानुनी व्यवस्था र प्रभावकारी कारबाही प्रक्रिया लागू गर्न सरकारलाई जोड दिए।