निर्वाचन आयोगद्वारा ७७ जिल्लामा आचारसंहिता अनुगमन अधिकृत नियुक्त

User Image Prime TV News एक महिना अगाडि
Image of निर्वाचन आयोगद्वारा ७७ जिल्लामा आचारसंहिता अनुगमन अधिकृत नियुक्त

काठमाडौ । निर्वाचन आयोगले फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि देशका ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी र प्रमुख कोष नियन्त्रकलाई निर्वाचन आचारसंहिता अनुगमन अधिकृतको रूपमा नियुक्त गरेको छ।

आयोगका कानुन अधिकृत मोहनराज जोशीका अनुसार, आयोगको माघ १० गतेको बैठकले उनीहरूलाई आचारसंहिता कार्यान्वयन अनुगमन र उल्लङ्घन भए कारबाहीको अधिकार दिने निर्णय गरेको हो।

यसअघि आयोगको केन्द्रीय कार्यालयले आचारसंहितासम्बन्धी उजुरी संकलन गर्दै आएको थियो। तर अब, सम्बन्धित जिल्लाबाटै आचारसंहिता उल्लङ्घन भएको भए/नभएको अनुगमन गर्ने तथा आवश्यक कारबाही गर्ने अधिकार स्थानीय अधिकृतलाई प्रदान गरिएको छ।