नेपाल यू–२० महिला टोली चीनसँग हुने मैत्रीपूर्ण खेलका लागि तयार
Prime TV News एक महिना अगाडि 
काठमाडौ । चीनको युनान यूथ महिला टोलीसँग माघ १७ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली यू–२० महिला टोलीको अन्तिम २३ सदस्यीय टोली घोषणा गरिएको छ।
मुख्य प्रशिक्षक याम प्रसाद गुरुङले मंगलबार टोली सार्वजनिक गर्दै प्रारम्भिक प्रशिक्षणमा बोलाइएका ३० खेलाडीमध्ये ७ जनाले स्थान नपाएको जानकारी दिएका छन्। यो खेल अखिल नेपाल फुटबल संघ (एन्फा), युनान विश्वविद्यालयको शारीरिक शिक्षा संकाय र नेपाल ओभरसिज चिनियाँ संघको संयुक्त आयोजनामा आयोजना हुँदैछ।
साथै, नेपालस्थित चिनियाँ राजदूतावास र राष्ट्रिय खेलकुद परिषद्ले समन्वय गर्नेछन्। चिनियाँ नयाँ वर्षको अवसरमा आयोजना हुन लागेको यस मैत्रीपूर्ण खेलले नेपाली यू–२० महिला टोलीको अन्तर्राष्ट्रिय अनुभव बढाउने र खेलकूद तयारीलाई मजबुत बनाउने अपेक्षा गरिएको छ। एन्फाले विगत तीन वर्षदेखि नेपाल र चीनका युवा टोलीबीच यस्ता मैत्रीपूर्ण खेलहरू आयोजना गर्दै आएको छ।
नेपाल यू–२० महिला टोलीमा समावेश खेलाडीहरू:
अमिता भुल, अनिशा राई, अस्मिता गुरुङ, भावना परियार, बिर्सना चौधरी, गंगा रोकाया, झुमा विश्वकर्मा, कविता गुरुङ, करुणा बुढाथोकी, कुसुम खतिवडा, लिला जोशी, मीना देउबा, पुनम चेम्जोङ, पूर्णिमा राई, सजिना स्याङतान, समिक्षा मगर, संगीता अधिकारी, सानिमा माया लो, सरिता कुमारी नाथ, सेमिहाङ लिम्बु पन्धाक, सिम्रन राई, सुजाता तामाङ र सुक्रिया मिया।













