सेयरबजारमा आज गिरावट, नेप्से ४२ अंकले घट्यो तर कारोबार उत्साहप्रद
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली सेयरबजारमा आज दोहोरो अंकको गिरावट देखिएको छ।
नेप्से ४२.५८ अंकले घटेर २७२६.५१ विन्दुमा पुगेको छ। बजार घट्दा पनि लगानीकर्ताको कारोबार उत्साहप्रद रह्यो। नेपाल स्टक एक्सचेन्जका अनुसार, मंगलबार ३ करोड कित्ता सेयर खरिदबिक्री भएपछि कुल १४ अर्ब १६ करोड रुपैयाँको कारोबार भएको छ।
आजको कारोबारमा २ वटा सेयर स्थिर, ३४ वटा बढेको र २२४ वटा घटेको नेप्सेले जनाएको छ। सबैभन्दा धेरै मूल्य वृद्धि भएको सेयर सप्तकोशी डेभलपमेन्ट बैंक हो, जसले ८.५६ अंक बढेको छ र प्रतिकित्ता ७८.१० रुपैयाँ आम्दानी दिएको छ।
अन्य मुख्य बढेका सेयरहरूमा दरमखोला हाइड्रो इनर्जी ८.४१%, मायाखोला हाइड्रोपावर ८.३६%, कर्पोरेट डेभलपमेन्ट बैंक ६.५७% र सपोर्ट माइक्रोफाइनान्स ४.७९% रहेका छन्। मूल्य घटेका प्रमुख सेयरहरूमा ओम मेगाश्री फार्मास्युटिकल ६.९३%, ट्रेड टावर ६.६६%, झापा इनर्जी ६.२५%, थ्रिस्टार हाइड्रो ५.९४%, र माउन्टेन हाइड्रो नेपाल ५.३७% रहेका छन्।
कारोबारको हिसाबले, राधी विद्युत् र एसवाई प्यानलको प्रत्येकमा ५७–५७ करोडको कारोबार भएको छ। त्यसैगरी, आखुखोला जलविद्युत ५१ करोड, ङादी ग्रुप पावर ३९ करोड, र बन्दीपुर केबलकार ३७ करोडको कारोबार भएको छ।













