राजनीतिमा सिद्धान्त र विचारको खडेरी, सोसल मिडियामा स्टन्ट बढ्दोः प्रचण्ड
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान राजनीतिमा सिद्धान्त र विचारको कमी देखिएको बताएका छन्।
मंगलबार काठमाडौंमा नेकपा र क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल एकता पक्षधरबीचको कार्यक्रममा बोल्दै प्रचण्डले भने, “घण्टी बजाएर मात्रै हुने केही छैन। अहिले यहाँ सिद्धान्तको खडेरी, विचारको खडेरी, सोसल मिडियामा स्टन्टवाजको भरमा जनताको दिमाग चाट्ने काम भइरहेको छ।”
उनी सबै वामपन्थी शक्तिहरूलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गर्दै राजनीतिक दृढता र सिद्धान्तमा जोड दिन आग्रह गरेका छन्। प्रचण्डले राजनीतिमा केवल प्रचार र स्टन्टले मात्र जनताको विश्वास कायम नरहने उल्लेख गर्दै साँचो नेतृत्व र स्पष्ट विचारले मात्र दीर्घकालीन समर्थन पाउन सक्ने बताए ।












