टि ट्वावान्टी एसिया कपमा बंगलादेशद्वारा श्रीलंका ४ विकेटले पराजित

User Image Prime TV News २ हप्ता अगाडि
Image of टि ट्वावान्टी एसिया कपमा  बंगलादेशद्वारा श्रीलंका ४ विकेटले पराजित

काठमाडौ । बंगलादेशले टि ट्वावान्टी एसिया कपको सुपर फोरमा श्रीलंकालाई ४ विकेटले हराएको छ ।

समूह बी मा एकतर्फी हार ब्यहोरेको बंगलादेशले सुपर फोरमा श्रीलंकासँग बदला लिएको हो । जित्नलाई १ सय ६९ रनको लक्ष्य पछयाएको बंगलादेशले १९ दशमलव ५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । बंगलादेशका ओपनर सैफ हसनले ४५ बलमा २ चौका र ४ छक्कासहित सर्वाधिक ६१ रन बनाए ।

श्रीलंकाका वानिन्दु हसरंगा र दासुन शानकाले २–२ तथा दुश्मन्था चामिरा र नुवान थुसराले १–१ विकेट लिए त्यसअघि दुबई क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६८ रन बनायो ।

सुपर फोरमा बंगलादेशले अब बुधबार भारत र बिहीबार पाकिस्तानसँग खेल्नेछ । श्रीलंकाले सुपर फोरमा अब मंगलबार पाकिस्तान र शुक्रबार भारतसँग खेल्नेछ । भारत र पाकिस्तान आइतबार खेल्दैछन । सुपर फोरका शिर्ष दुई टोलि अर्को आइतबार फाइनल खेल्नेछन ।