इंग्ल्यान्डले श्रीलंकालाई तेस्रो खेलमा ५३ रनले हराउँदै ओडिआई सिरिज २–१ ले जित्यो

User Image Prime TV News एक महिना अगाडि
Image of इंग्ल्यान्डले श्रीलंकालाई तेस्रो खेलमा ५३ रनले हराउँदै ओडिआई सिरिज २–१ ले जित्यो

काठमाडौ । ह्यारी ब्रुक र जो रुटको नटआउट शतकीय इनिङको मद्दतमा इंग्ल्यान्डले श्रीलंकालाई तेस्रो खेलमा ५३ रनले हराउँदै ओडिआई सिरिज २–१ ले जितेको छ।

आर प्रेमदासा रंगशालामा भएको खेलमा इंग्ल्यान्डले ५० ओभरमा ३ विकेटको क्षतिमा ३ सय ५७ रन बनायो । कप्तान ब्रुकले विष्फोटक ब्याटिङ गर्दै ६६ बलमा ११ चौथो र ९ छक्कासहित १ सय ३६ रन बनाए। रुटले १ सय ८ बलमा ९ चौका र १ छक्काका साथ १ सय ११ रन जोडे।

बलिङतर्फ श्रीलंकाका वानिन्दु हसरंगा, जेफ्री भान्डरसे र जेमी ओभरटनले समान १ विकेट लिए पनि इंग्ल्यान्डको ठूलो स्कोर रोक्न सकेनन्। ३ सय ५८ को ठूलो लक्ष्य पछ्याउँदै श्रीलंकाले ४६ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर ३ सय ४ रन बनायो ।

पाथुम निसांकाले अर्धशतक पूरा गरे । कुसल मेंडिसले २० रन बनाए।  इंग्ल्यान्डका बलरमध्ये आदिल राशिद , लियाम डसन, विल ज्याक्स र जेमी ओभरटन समान २ विकेट लिए। यो हारसँगै श्रीलंकाले पाँच वर्षपछि घरेलु मैदानमा ओडिआई गुमाएको छ । इंग्ल्यान्डले ३ वर्षपछि विदेशी भूमिमा द्विपक्षीय सिरिज जितेको छ ।