निर्वाचन नजिकिँदै गर्दा पनि देश असहज परिस्थितिमा छः प्रचण्ड

User Image Prime TV News एक महिना अगाडि
Image of निर्वाचन नजिकिँदै गर्दा पनि देश असहज परिस्थितिमा छः प्रचण्ड

काठमाडौ । नेपाली कम्युनिष्ट  पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन नजिकिँदै गर्दा पनि देश असहज परिस्थितिमा रहेको बताएका छन्।

नेकपा माओवादीका नेताहरूलाई पार्टीमा स्वागत गर्दै प्रचण्डले यदि पार्टी एकताबद्ध भएर चुनावी अभियानमा केन्द्रित भएन भने देश फेरि अर्को राजनीतिक दुर्घटनातिर जान सक्ने चेतावनी दिए । उनले भने, “चुनाव त अगाडि छ, तर यसले के दिनेछ भन्ने स्पष्ट छैन। हामी एकताबद्ध भएर देशव्यापी अभियानमा नछिट्टिए फेरि अर्को दुर्घटना हुनसक्छ।”

प्रचण्डले पार्टीका पंक्तिलाई निर्वाचनमा एकताबद्ध रहन र चुनावी अभियानमा केन्द्रित हुन निर्देशन दिएका छन्।