विप्लव एकता प्रक्रियामा भड्किए, अवसर अझै खुला छः प्रचण्ड

User Image Prime TV News एक महिना अगाडि
Image of विप्लव एकता प्रक्रियामा भड्किए, अवसर अझै खुला छः प्रचण्ड

काठमाडौ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्रविक्रम चन्द विप्लवलाई पर्याप्त महत्त्व दिँदा पनि एकता प्रक्रियामा सहभागी नभएको बताएका छन्।

नेकपा माओवादीका नेताहरूलाई पार्टीमा स्वागत गर्दै प्रचण्डले जेनजी आन्दोलनपछि विप्लव वैचारिक अन्योलमा परेर भड्किएको बताए। उनले भने, “हामीले समाजवादी मोर्चालाई एकतामा बदल्न चाहेका थियौँ। उहाँसँग पटक पटक वार्ता भए पनि जेनजी आन्दोलन वरिपरि आइपुग्दा उहाँहरू भड्किनुभयो। इतिहासमै विरलै आउने अवसर तपाईंहरूले गुमाउनुभयो, यसको पश्चात्ताप धेरै परसम्म हुनेछ।”

प्रचण्डले नेकपा कुनै आवेशमा गठन नभएको र कम्युनिष्ट आन्दोलनका सबै घटकलाई एकताबद्ध गरेर सङ्कटको बेलामा शक्ति आर्जन गर्ने अवसर विप्लवले गुमाएको स्पष्ट पारे। उनले विप्लवलाई आग्रह गर्दै भने, “अहिलेसम्म केही नबिग्रिएको छ। आफ्नो आत्मसमिक्षा गर्नुहोस्। अवसर अझै गुमेको छैन। तपाईलाई स्वागत गर्न हामी तयार नै छौँ।”