नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनका लागि १२ समन्वयन समिति गठनको निर्देशन ( परिपत्र सहित )
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सातै प्रदेश, ७७ जिल्ला र १६५ निर्वाचन क्षेत्रमा हरेक तहमा १२ वटा समन्वयन समिति गठन गर्न मातहतका निकायलाई परिपत्र गरेको छ।
कांग्रेसका उपसभापति तथा केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्माले सभापतिहरूलाई तत्काल समन्वय समिति गठन गरी जानकारी पठाउन निर्देशन दिएका हुन्। कांग्रेसले निर्वाचन अभियान व्यवस्थित गर्न पाँचदेखि सात जनाको निर्वाचन व्यवस्थापन सचिवालय, मुख्य निर्वाचन परिचालन समिति र त्यसको मातहत सात उपसमिति गठन गर्ने व्यवस्था परिपत्रमा समावेश गरेको छ।
त्यस्तै, निर्वाचन प्रचार प्रसार मूल समिति, स्थानीय तह समन्वय समिति, बौद्धिक क्षेत्र समन्वय समिति, सामाजिक संघ संस्था समन्वय समिति, धार्मिक संघ संस्था समन्वय समिति, निजी क्षेत्र समन्वय समिति, जेनजी युवाको विशेष अभियान, पूर्व आप्रवासी समन्वय समिति, स्थानीय प्रशासन समन्वय समिति र अनुगमन समिति पनि गठन गर्न निर्देशन दिइएको छ।
यस कदमले कांग्रेसको निर्वाचन अभियानलाई व्यवस्थित र लक्षित बनाउने उद्देश्य राखेको पार्टी स्रोतहरूले बताएका छन्।













