बालेनले भदौ २४ गते देशलाई खरानी बनाउने काम गरेः सांसद भट्ट
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका राष्ट्रिय सभाका सांसद नारायणदत्त भट्टले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहप्रति राष्ट्रिय सभा बैठकमा असन्तुष्टि व्यक्त गरेका छन्।
सांसद भट्टले शाहमाथि भदौ २४ गते देशलाई खरानी बनाउने कामको नेतृत्व गरेको आरोप लगाउँदै भने, “त्यस्ता व्यक्तिले प्रधानमन्त्री भएर मुलुकको मुहार फेर्छ भन्ने कुनै ग्यारेन्टी छैन।”
भट्टले थपे कि शाहले काठमाडौं महानगरपालिकाको जिम्मेवारी पूरा नगरेकोमा आपत्ति जनाइएको छ। उनले भने, “एउटा जिम्मेवारी पूरा नहुँदै अर्को जिम्मेवारीमा जाने, पत्रकारको नाममा मन्त्री बन्ने अनि सांसद बन्न खोज्नेहरुले संविधान बनाउने, देश र जनताका लागि रगत र पसिना बगाएका नेताहरुलाई पुराना भनेर उपदेश दिने काम कुनै हालतमा जायज छैन।”












