मधेश कांग्रेसको जननी हो र हामी जेठो छोरा हौः सभापति गगन थापा
Prime TV News एक महिना अगाडि 
सर्लाही । नेपाली कांग्रेसका सभापति गगन थापाले विगतका गल्ती र कमजोरी सुधार्ने सङ्कल्पसहित मधेशमा आफ्नो चुनावी अभियान सुरु गरेका छन्।
सर्लाही ४ को चुनावी कार्यक्रममा बोल्दै उनले मधेशलाई कांग्रेसको जन्मभूमि भएको स्मरण गराउँदै पार्टीले यस क्षेत्रबाट विशेष समर्थन पाउन चाहेको बताए। सभापति थापाले भने, “चुनावपछि ५ वर्ष संसद् रहन्छ। यो समय नेपालको आर्थिक प्रगति, खेतीकिसानी गर्ने किसानको अवस्था सुधार, बेरोजगार युवालाई रोजगार, विद्यालय र स्वास्थ्य चौकीको स्तर सुधार गर्ने समय हुनुपर्छ। पाँच वर्ष कांग्रेसले यो समयको सदुपयोग गर्नेछ।”
उनले मधेशलाई कांग्रेसको जननी भन्दै, “हामी यसको जेठो छोरा हौँ। यस क्षेत्रको सेवा गर्नु हाम्रो जिम्मेवारी हो। हामी सर्लाही मात्र होइन, मधेशका सबै निर्वाचन क्षेत्रबाट समर्थन पाउन चाहन्छौँ। कांग्रेसले मधेशको माग पूरा गर्ने प्रतिवद्धता लिएको छ।”
सभापति थापाले पार्टीका उम्मेदवारहरूलाई मधेश भरि सहयोग, साथ र समर्थन जुटाउन निर्देशन दिँदै पाँच वर्ष देश र मधेशको सेवा गर्ने सङ्कल्प दोहोर्याए।













