कांग्रेसका पूर्व सांसदहरूले प्रतिनिधिसभा पुनर्स्थापनाको रिट छिटो अगाडि बढाउन प्रधानन्यायाधीशको ध्यानाकर्षण गर्ने

User Image Prime TV News एक महिना अगाडि
Image of कांग्रेसका पूर्व सांसदहरूले प्रतिनिधिसभा पुनर्स्थापनाको रिट छिटो अगाडि बढाउन प्रधानन्यायाधीशको ध्यानाकर्षण गर्ने

काठमाडौ । प्रतिनिधिसभा पुनर्स्थापना सम्बन्धी मुद्दामा पूर्व सांसदहरूले सर्वोच्च अदालतमा छिटो सुनुवाइ हुनेगरी प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसँग भेट गर्ने तयारी गरेका छन्।

नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे नेतृत्वको टोलीले बिहीबार प्रधानन्यायाधीशसँग भेटका लागि समय लिएको हो। घिमिरेका अनुसार, कांग्रेस, एमाले लगायतका दलहरूले दायर गरेका दर्जनौं रिटहरू संसद् पुनर्स्थापना माग गर्दै परेका छन्, तर अहिलेसम्म अदालतले सुनुवाइका लागि पेसी तोकेको छैन।

घिमिरेले भने, “रिट परेपछि त्यसलाई टुङ्ग्याउनुपर्छ। न्यायालयले संविधानको व्याख्या गर्नुपर्छ। पेसी तोक्नुस्, सुनुवाइ गर्नुस् र मुद्दा टुङ्ग्याउनुस् भनी भोलि प्रधानन्यायाधीशको ध्यानाकर्षण गराउने समय लिएका छौँ।”

कूल ६५ पूर्व सांसदहरूले संसद् पुनर्स्थापनाका लागि रिट दायर गरेका छन्। घिमिरेले एमालेका सांसदहरूलाई पनि सर्वोच्चमा जान जानकारी गराएको बताए। पूर्व सांसदहरूको यस पहलसँगै प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दा छिटो सुचारु हुने सम्भावना देखिएको छ, जसले आगामी राजनीतिक प्रक्रिया र निर्वाचन समीकरणमा पनि प्रभाव पार्ने अपेक्षा गरिएको छ।