दरबारमार्गस्थित उडल्याण्ड होटलमा आगलागी, मानवीय क्षति नभएको पुष्टि
Prime TV News एक महिना अगाडि 
काठमाडौ । काठमाडौंको दरबारमार्गस्थित उडल्याण्ड होटलमा आगलागी भएको छ। आगलागीको खबर पाएलगत्तै दमकल, प्रहरी तथा स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाका अनुसार हाल आगलागी नियन्त्रणको कार्य जारी छ। आगलागीको कारण भने तत्काल खुल्न सकेको छैन। प्रहरीका अनुसार आगलागीबाट हालसम्म कुनै मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन।
आगलागीबाट भएको भौतिक क्षतिको विवरण र आगो लाग्नुको वास्तविक कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।













