सुनको मूल्यले तोड्यो नयाँ रेकर्ड, एकैदिन तोलामा २० हजार ५०० रुपैयाँले वृद्धि

User Image Prime TV News एक महिना अगाडि
Image of सुनको मूल्यले तोड्यो नयाँ रेकर्ड, एकैदिन तोलामा २० हजार ५०० रुपैयाँले वृद्धि

काठमाडौ । नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला २० हजार ५०० रुपैयाँले बढ्दै इतिहासकै उच्च विन्दुमा पुगेको हो।

मूल्यवृद्धिसँगै अब नेपाली बजारमा एक तोला सुन खरिद गर्न तीन लाख ३९ हजार ३०० रुपैयाँ तिर्नुपर्ने भएको छ। अघिल्लो दिन बुधबार सुनको मूल्य प्रतितोला तीन लाख १८ हजार ८०० रुपैयाँ रहेको थियो।

चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। बिहीबार चाँदीको मूल्य तोलामा २०५ रुपैयाँले बढेर सात हजार ५०५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। बुधबार चाँदी प्रतितोला सात हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

व्यवसायीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्नु, डलरको विनिमय दर तथा विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितताको असर नेपाली बजारमा पनि परेको हो। पछिल्लो समय सुनको मूल्य निरन्तर उकालो लाग्दै जाँदा उपभोक्तामा चासो र चिन्ता दुवै बढेको देखिन्छ।