मुलपानीमा प्रहरी–लुटेरा झडप, १० जना पक्राउ, १ घाइते
Prime TV News एक महिना अगाडि 
काठमाडौ । काठमाडौँको मूलपानी क्षेत्रमा गएराति प्रहरीले गोली प्रहार गर्दै १० जना लुटेरा पक्राउ गरेको छ। घटनामा एकजना लुटेरा घाइते भएका छन्।
प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार घटना राति १२:१५ बजे घटेको हो। “मोटरसाइकलमा आएका उनीहरूले चेकप्वाइन्टमा खटिएका ट्युटी प्रहरीलाई ठक्कर दिएर भाग्न खोजे। बाध्य भएर गोली चलाउनु परेको हो,” उनले बताए।
घटनामा प्रहरीका सहायक हवल्दार मोहन भट्ट र प्रहरी जवान पुष्पराज भण्डारी घाइते भएका थिए। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। प्रहरीको दावी अनुसार पक्राउ परेकाहरू काठमाडौँमा भएका विभिन्न लुटपाटका घटनामा संलग्न समूहका सदस्य हुन्। एसपी भट्टराईले थप भने, “थप लुटेराको खोजी र घटनासम्बन्धी अनुसन्धान जारी छ।”
पक्राउ परेकाहरूको नाम हाल सार्वजनिक गरिएको छैन। सबै हिरासतमा छन्। गोली लागेका युवकको स्वास्थ्य अवस्था सामान्य रहेको छ।













