पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल मनमोहन अस्पतालमा भर्ना

User Image Prime TV News एक महिना अगाडि
Image of पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल मनमोहन अस्पतालमा भर्ना

काठमाडौ । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल स्वास्थ्य समस्याका कारण मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका छन्।

नेता नेपाललाई बुधबार रुघा, खोकी र ज्वरो देखा परेको थियो। प्रारम्भिक जाँचपछि उनलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा लैजाने प्रयास भए पनि भीआईपी क्याबिन नपुग्दा उनलाई मनमोहन अस्पतालमा स्थानान्तरण गरिएको हो।

अस्पताल स्रोतका अनुसार नेता नेपालको स्वास्थ्यमा सास फेर्न गाह्रो हुने समस्या देखिएको छ। उपचार भने त्रिवि शिक्षण अस्पतालका छाती रोग विशेषज्ञ चिकित्सकले गरिरहेका छन्। बिहीबार बिहान स्वास्थ्य अवस्था बुझ्न पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत पार्टीका नेताहरू अस्पताल पुगेका थिए।