कांग्रेस सांसदहरूले संसद् पुनःस्थापनाको रिट पेसी माग्ने तयारी स्थगित
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका निवर्तमान सांसदहरूले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतलाई भेटेर संसद् पुनःस्थापनाको रिट पेसी माग्ने तयारी स्थगित गरिएको छ।
सांसदहरूले आज बिहान १० बजे सर्वोच्च अदालत पुगेर पेसीको माग गर्ने योजना बनाएका थिए। तर, विघटित प्रतिनिधि सभाका कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेका अनुसार, निर्वाचनको समयमा पुनःस्थापनाबारे ध्यानाकर्षण गराउँदा पार्टीको माहोल बिग्रन सक्ने देखिएपछि योजना रोकिएको हो।













