पार्टीको प्रधानमन्त्री उम्मेदवार नयाँ युगको प्रतिनिधिः कांग्रेस उपसभापति शर्मा

User Image Prime TV News एक महिना अगाडि
Image of पार्टीको प्रधानमन्त्री उम्मेदवार नयाँ युगको प्रतिनिधिः कांग्रेस उपसभापति शर्मा

काठमाडौ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीले अघि सारेको प्रधानमन्त्रीको उम्मेदवारलाई नयाँ युगमा नयाँ सन्दर्भको प्रतिनिधि भएको बताएका छन्।

बिहीबार काठमाडौंमा आयोजित पार्टीको भेलामा बोल्दै उनले भने, अहिले पार्टीले आत्मालोचना गरेर आफूलाई बदलेर परिवर्तनका लागि अघि बढेको छ। “सारा विषयलाई डकुमेन्टमा लिएर रियलाइज गरेर, क्षमा मागेर, पार्टीलाई जबरजस्त ढंगले नयाँ युगमा लिएर जाने काम भइरहेको छ। कांग्रेस र कांग्रेसको प्रधानमन्त्री उम्मेदवार नयाँ युगमा नयाँ सन्दर्भको प्रतिनिधि हो,” उनले भने।

उपसभापति शर्माले सद्भाव, सुशासन र समन्नुत अहिलेको मुख्य मुद्दा भएको उल्लेख गर्दै, नेपाली समाजलाई अहिले सबैभन्दा बढी चाहिएको कुरा सद्भाव भएको बताए। शर्माले भने, “कसैले भदौ २३ को कुरा गर्छन्, कसैले भदौ २४ को मात्रै कुरा गर्दछन्। प्रधानमन्त्रीका उम्मेदवारहरू थुप्रै छन्, तर नेपाली कांग्रेसको उम्मेदवार माघ १ को हो। जित्ने–हार्ने चलिरहन्छ, तर हामी आत्मालोचनासहित अघि बढ्दैछौं।”

उपसभापति शर्माले कांग्रेस अब देश परिवर्तनका निम्ति एकताबद्ध भएर अघि बढिरहेको बताए।