एनआरटीले संकटा क्लबलाई पराजित

User Image Prime TV News एक महिना अगाडि
Image of एनआरटीले संकटा क्लबलाई पराजित

काठमाडौ । काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा न्युरोड टिम (एनआरटी)ले संकटा क्लबलाई पराजित गरेको छ । 

बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एनआरटीले संकटालाई ३–१ गोल अन्तरले पराजित गरेको हो । एनआरटीको जितमा क्रितिसरत्न छुजुले खेलको १० औं मिनेटमा र टिमोथी ओकेरेकेले ६६ औं मिनेटमा गोल गरे, अर्को गोल भने आत्मघाती उपहार पाएको थियो ।

संकटा क्लबका तर्फबाट एकमात्र गोल कृष्ण बहादुर खेलको ५५ औं मिनेटमा गरेका थिए । जितसंगै एनआरटीले १२ अंक जोडेको छ भने संकटाको ५ अंक रहेको छ ।