स्वास्थ्य बीमा बोर्डले खर्च मापदण्ड खारेज, अब गुणस्तरीय सेवा प्राथमिकता

User Image Prime TV News एक महिना अगाडि
Image of स्वास्थ्य बीमा बोर्डले खर्च मापदण्ड खारेज, अब गुणस्तरीय सेवा प्राथमिकता

काठमाडौ । स्वास्थ्य बीमा बोर्डले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत अस्पताललाई भुक्तानी खर्च गर्ने पुरानो प्रतिशतगत मापदण्ड खारेज गरेको छ।

पहिले सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले औषधिमा ३५%, उपकरणमा ३०%, जनशक्तिमा १५%, प्रोत्साहन र प्रशासनिक खर्चमा १०-१०% खर्च गर्नुपर्ने मापदण्ड तोकेको थियो। तर पछिल्लो समयमा औषधि र उपचारभन्दा अन्य शीर्षकमा बढी खर्च भएको गुनासो बढेपछि बोर्डले पुरानो मापदण्ड हटाएको हो।

बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार, “त्यो व्यवस्था सुरुवाती चरणका लागि थियो, स्थायी निर्देशिका होइन। अबदेखि भुक्तानी रकम प्रचलित कानुन र नियमअनुसार औषधि, उपचार, उपकरण तथा जनशक्तिमा केन्द्रित गरेर खर्च गर्नुपर्नेछ।”

बोर्डले २४ पुसमा निर्णय गरे पनि, सेवा प्रदायक स्वास्थ्य संस्थालाई १३ माघमा मात्र कार्यकारी निर्देशक डा. कृष्णप्रसाद पौडेलले परिपत्रमार्फत जानकारी गराएका छन्। नयाँ व्यवस्था अनुसार अब प्रतिशत तोक्ने होइन, गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नेमा जोड रहनेछ।