बिहीबार नेप्से परिसूचक १७.५३ अंकले घट्दै २७१४.०५ विन्दुमा बन्द
Prime TV News एक महिना अगाडि 
काठमाडौ । साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक १७.५३ अंकले घट्दै २७१४.०५ विन्दुमा बन्द भएको छ।
बजार ओरालो भए पनि आजको कारोबार रकममा उल्लेख्य वृद्धि देखिएको छ। दिनभरमा ३२० कम्पनीका ३ करोड ५४ लाख कित्ता सेयर किनबेच हुँदा कुल १४ अर्ब ५६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
आज कारोबार भएका कम्पनीमध्ये १७० कम्पनीको मूल्य घटेको, ८५ कम्पनीको मूल्य बढेको, र ५ कम्पनीको मूल्य स्थिर रहेको छ। जलविद्युत क्षेत्रमा भने केही कम्पनीको शेयर मूल्य उत्साहजनक रूपमा बढेको छ। हिमालयन दोलखा हाइड्रोपावरको शेयर मूल्य ९.२३%, शिवश्री हाइड्रोपावर ९.१९%, र कालिका पावर ८.३२% ले बढेको छ।
त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंक, मिथिला लघुवित्त र सप्तकोशी डेभलपमेन्ट बैंकको मूल्यमा नकारात्मक सर्किट लागेको छ। समूहगत रुपमा सबैभन्दा धेरै विकास बैंक परिसूचक २.२३% र म्यानुफ्याक्चरिङ क्षेत्र २.१२% घटेको छ।
हाइड्रो, इन्भेष्टमेन्ट र म्युचुअल फण्ड समूहका सूचक पनि ओरालो लागेको देखिएको छ। कारोबार रकमको आधारमा ङादी ग्रुप पावर शीर्ष स्थानमा (५९.९९ करोड रुपैयाँ), एसवाई प्यानल दोस्रो (५२.२९ करोड रुपैयाँ), र अपर माई हाइड्रोपावर तेस्रो (४६.६४ करोड रुपैयाँ) स्थानमा रहेका छन्।













