मधेस प्रदेशमा प्रतिनिधिसभा निर्वाचनका लागि १२४६ मतदानस्थल अति संवेदनशील
Prime TV News एक महिना अगाडि 
जनकपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तर्गत मधेस प्रदेशका कूल २,१६० मतदानस्थलमध्ये १,२४६ अतिसंवेदनशील रहेको प्रहरीले जनाएको छ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता कमल थापाका अनुसार, भारतीय सीमासँग जोडिएका अधिकांश मतदानस्थललाई अतिसंवेदनशीलमा वर्गीकृत गरिएको छ र यसको अनुगमन तथा सुरक्षा योजनाबद्ध रूपमा अगाडि बढिरहेको छ।
मधेस प्रदेशमा ३२ निर्वाचन क्षेत्र, ४,४७१ मतदान केन्द्र र विभिन्न दल तथा स्वतन्त्र गरी १,०२८ उम्मेदवार छन्। प्रदेशमा ३५ लाख १७ हजार १२३ मतदाता छन्, जसमा पुरुष मतदाता १९ लाख ५ हजार ८१९ र महिला मतदाता १६ लाख ११ हजार ३०४ रहेका छन्।
प्रहरीले मतदानस्थलको सुरक्षा सुनिश्चित गर्न तयारी पूरा गरिरहेको जनाएको छ ।













