कांग्रेसका पूर्वपदाधिकारीहरूको भेला


काठमाडौ । नेपाली कांग्रेसका पूर्वपदाधिकारीहरू कांग्रेस नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा भेला भएर पार्टीको आगामी १५औँ महाधिवेशन र नेतृत्व परिवर्तन सम्बन्धमा छलफल गरिरहेका छन्।
छलफलमा पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वउपसभापतिद्वय गोपालमान श्रेष्ठ र विमलेन्द्र निधि, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र डा सशांक कोइराला तथा पार्टी प्रवक्ता डा प्रकाशशरण महत सहभागी छन्।
उनीहरूले शुक्रबारको कार्यसम्पादन समिति बैठकमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उठाएको विशेष महाधिवेशन र नेतृत्व परिवर्तनको विषयमा साझा धारणा बनाउने प्रयास गरिरहेका छन्।
तर सात पूर्वपदाधिकारीमध्ये पूर्वउपसभापति विजयकुमार गच्छदार आइतबारको छलफलमा सहभागी भएका छैनन्। यी नेताहरूले पार्टीभित्रको रणनीति र भविष्यको कदमलाई लिएर निरन्तर संवाद गरिरहेका छन्।