भारत सरकारले नेपाल सरकारलाई २ सय २० वटा सवारीसाधानहरु प्रदान

User Image Prime TV News एक महिना अगाडि
Image of भारत सरकारले नेपाल सरकारलाई २ सय २० वटा सवारीसाधानहरु प्रदान

काठमाडौ । भारत सरकारले नेपाल सरकारलाई २ सय २० वटा सवारीसाधानहरु प्रदान गरेको छ । 

निर्वाचनका लागि नेपाल सरकारको आग्रह  अनुसार भारत सरकारले दोश्रो लटमा उक्त सवारी साधनहरु हस्तान्तरण गरेको हो । बिहीबार अर्थमन्त्रालयमा नेपालका लागि भारतका कार्यवाहक राजदूत डा. राकेश पाण्डेले सवारी साधनहरुको साँचो हस्तान्तरण गरेका थिए ।

अर्थमन्त्री रामेश्वर खनालले नेपालको आग्रह अनुसार भारत सरकारले निर्वाचनका लागि सवारीसाधान सहयोग गरेको जानकारी दिए । भारतले उपलव्ध गराउने करिव ६५० वटा बिभिन्न किसिमका सवारी साधानमध्ये बिहीबार दोश्रो लटमा करिव २२० वटा सवारीसाधन प्राप्त भएको उनले बताए ।

यसपछि बाँकी रहेका सवारी साधानका साथै प्रहरीलाई आवश्यक अन्य सामाग्रीहरु समेत भारत सरकारबाट सहयोगस्वरुप प्राप्त हुने मन्त्री खनालले जानकारी दिनुभयो । केहि दिनअघि भारतले ६० भन्दा बढी सवारीसाधान नेपाललाई हस्तान्तरण गरेको थियो ।