गोरखा–१ का उम्मेदवार सुदन गुरुङलाई सुरक्षा खतराः पीएसओ माग
Prime TV News एक महिना अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा उम्मेदवार सुदन गुरुङले व्यक्तिगत सुरक्षा चुनौतीको कारण सुरक्षाकर्मीको व्यवस्था मागेका छन्।
फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा गोरखा–१ बाट उम्मेदवार बनेका गुरुङ घरदैलो कार्यक्रममा सहभागी भइरहेका छन्। यसक्रममा रास्वपाको जिल्ला समितिले जिल्ला प्रशासन कार्यालय, गोरखा लाई पत्र लेखेर पीएसओसहित सुरक्षा व्यवस्था सुनिश्चित गर्न अनुरोध गरेको छ।
पत्रमा भनिएको छ, “विभिन्न गोप्य सूचनामा आधारित केही व्यक्तिहरूको समूहले हातहतियारसहित व्यक्तिगत रूपमा सुदन गुरुङलाई सुरक्षा खतरामा पार्न सक्ने अवस्था छ। आवश्यक पीएसओसहित सुरक्षा सुनिश्चित गरिदिनु हुन अनुरोध गर्दछौं,” सचिव मिलन रानाको हस्ताक्षरसहित पत्रमा उल्लेख छ।
रास्वपाका अनुसार, यो सुरक्षा व्यवस्था उम्मेदवारको घरदैलो, भेटघाट तथा प्रचारप्रसार कार्यक्रममा उनी सुरक्षापूर्वक सहभागी हुनका लागि अत्यावश्यक रहेको छ।













