रास्वपा सभापति रवि लामिछाने डिस्चार्ज, घरमै उपचार गर्ने
Prime TV News एक महिना अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अस्पतालबाट डिस्चार्ज भएका छन्।
उनको स्वास्थ्य अवस्था सुधार भइसकेको र अस्पतालमा भेटघाट गर्न आउने मानिसको भिड बढेपछि उनी घरमै आराम गर्ने निर्णयमा पुगेका हुन्। त्रिवि शिक्षण अस्पतालका डिपुटी निर्देशक डा. गोपालप्रसाद सेढाईंका अनुसार, लामिछानेलाई सेलुलाइटिस भएको थियो।
उनलाई नसामार्फत तीनवटा एन्टिबायोटिक औषधि दिइएको छ र घरमै आराम तथा उपचार गरिनेछ। लामिछानेलाई चोट ५ माघमा पार्टीको कार्यक्रममा जनकपुरमा स्टेजबाट ओर्लिँदा लागेको थियो। सामान्य चोट मान्दै उनले औषधि खाँदै निर्वाचन क्षेत्र चितवनको चुनावी प्रचारमा व्यस्त रहे।
तर नियमित औषधि नखाँदा घाउ सुन्निन थाल्यो र खुट्टा रातो भयो। डा. सेढाईंले भने, “स्वास्थ्य अवस्था सुधार भइसकेको र घरमै एन्टिबायोटिक उपचार सम्भव भएकाले डिस्चार्ज गरियो।”












