आज सुर्य ग्रहण लाग्दै, नेपालबाट नदेखिने


काठमाडौ । आज सुर्य ग्रहण लाग्दै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सूर्यग्रहण नेपालबाट नदेखिने भएकोले यसले कुनै सुतक नलाग्ने जनाएको छ ।
समितिका सदस्य तथा धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईका अनुसार, आश्विन कृष्ण औँसीका दिन पर्ने यो ग्रहण नेपालबाट नदेखिने हुँदा यसलाई लिएर शास्त्रीय रूपमा कुनै दोष लाग्ने छैन र यसका कारण सोह्र श्राद्धमा पनि कुनै असर नपर्ने वताए ।
ग्रहण नेपालमा देखिने नभएकाले धार्मिक नियमहरू पालना गर्नुपर्ने बाध्यता नरहेको पनि समितिले जनाएको छ । ग्रहण न्यूजिल्याण्ड, अष्ट्रेलिया, फिजी, टोङ्गा, र अन्टार्कटिका लगायतका देशहरूबाट मात्र देखिने छ ।