सुनको मूल्यमा तीव्र गिरावट, एकैदिन तोलामा साढे २० हजार घट्यो
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली बजारमा सुनको मूल्यमा ठूलो गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला साढे २० हजार रुपैयाँले घटेको हो। हिजो प्रतितोला साढे २० हजार रुपैयाँले बढ्दै सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो।
तर, त्यसको भोलिपल्टै मूल्य घटेर प्रतितोला तीन लाख १८ हजार ८०० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ। अघिल्लो दिन सुन प्रतितोला तीन लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ। शुक्रबार चाँदी प्रतितोला ४४० रुपैयाँले घटेर सात हजार ६५ रुपैयाँमा झरेको छ। यसअघि चाँदी प्रतितोला सात हजार ५०५ रुपैयाँमा किनबेच भएको थियो । अन्तर्राष्ट्रिय बजारमा भएको उतारचढाव र स्थानीय मागको प्रभावका कारण सुनचाँदीको मूल्यमा यस्ता परिवर्तन देखिएको व्यवसायीहरूको भनाइ छ।












