स्मार्टफोन क्षेत्रमा एआईको क्रान्ति, एप्पल प्रतिस्पर्धामा पछि


काठमाडौं । विश्वभर तीव्र गतिमा विकसित भइरहेको कृत्रिम बुद्धिमत्ता ( एआई )प्रविधिले सबैभन्दा ठूलो प्रभाव स्मार्टफोन क्षेत्रमा पारिरहेको छ। प्रविधि क्रान्तिको यो नयाँ चरणमा एआई–समर्थित स्मार्टफोनले प्रयोगकर्ताको अनुभवलाई पूर्ण रूपमा परिवर्तन गरिदिएको छ।
एक दशकअघि टचस्क्रिनको आगमनले स्मार्टफोनको स्वरूप परिवर्तन गर्यो। त्यसपछि क्यामेरा प्रविधिको विकासले अर्को ठूलो फड्को मार्यो। अहिलेको प्रविधि दौड भने कृत्रिम बुद्धिमत्ता ९एआई० मा केन्द्रित देखिन्छ। यसमा एप्पल आफ्ना प्रमुख प्रतिस्पर्धी गुगल र सामसङसँग पछि परेको विश्लेषणहरू सार्वजनिक भएका छन्।
गुगल र सामसङको अग्रता
एप्पलले ‘सिरी’ मार्फत एआई प्रविधिको झल्को देखाए पनि सो सेवा अहिलेसम्म प्रभावकारी रूपमा प्रयोगमा आउन सकेको छैन। एप्पलले एआई क्षेत्रमा काम गरिरहेको भए पनि यसको प्रयोगमा देखिने उपलब्धि हालसम्म सीमित देखिन्छ। त्यसको विपरीतमा, गुगलले पिक्सेल १० मा एआई शक्तिको प्रभावशाली प्रदर्शन गरेको छ भने सामसङले ग्यालेक्सी सिरिजमा गुगल जेमिनी एआई समावेश गरी स्मार्टफोनलाई अझ उपयोगी बनाएको छ।
गुगल पिक्सेल १० मा समावेश सुविधा
- क्यामेरा कोचस् फोटो खिच्दाको अनुभव सुधार्ने।
- भाषा अनुवादस् प्रयोगकर्ताकै आवाजमा १२ भाषा अनुवाद।
- म्याजिक क्यूस् ईमेल, क्यालेन्डर र म्यासेजबाट आवश्यक जानकारी तुरुन्त निकाल्ने।
- फिटनेस कोचस् निद्रा, स्वास्थ्य र व्यायामका आधारमा व्यक्तिगत योजना निर्माण गर्ने।
सामसङले जेमिनी एआई प्रयोग गरेर फोनलाई हार्डवेयर मात्र नभई व्यक्तिगत डिजिटल सहायकको रूपमा प्रस्तुत गरेको छ। यसको प्रयोगले प्रयोगकर्ताको दैनिक जीवनमा एआईलाई अझ घुलमिल बनाएको छ।
स्मार्टफोनको परिभाषा परिवर्तन
एआई प्रविधिका कारण स्मार्टफोन अब केवल संचारको साधन नभएर भाषा अनुवादक, फिटनेस गाइड, व्यक्तिगत सहायक, र फोटो–भिडियो सम्पादन विशेषज्ञका रूपमा परिणत हुँदैछ।
एआईको विकाससँगै स्मार्टफोनको प्रयोग शैली नै परिवर्तन हुँदै गएको छ। यस विषयमा दि वाल स्ट्रीट जर्नल लेख्छ, “आजको दिनमा एआई आवश्यक छैन जस्तो लागे पनि भोलिका दिनमा स्मार्टफोन एआईबिना कल्पनै गर्न नसकिने हुन्छ।”
यसैगरी, सुरुमा स्मार्टफोनमा ‘ईमेल किन चाहियो’ भन्ने प्रश्न उठाउनेहरूले आज कम्प्युटर खोलेर ईमेल हेर्न छाडिसकेका छन्। समयसँगै आवश्यकताहरू पनि बदलिइरहेका छन्।
एप्पलको चुनौती र सम्भावना
हाल एन्ड्रोइड फोनहरू एआईमा अग्रस्थानमा देखिए पनि एप्पलसँग बलियो ब्रान्ड, भरोसायोग्य इकोसिस्टम र प्रयोगकर्ता निष्ठा रहेको छ। तथापि, एआई प्रविधिमा ढिलाइ गर्नु दीर्घकालीन चुनौती बन्न सक्ने विश्लेषणहरू छन्।
विशेषज्ञहरूका अनुसार, ढिलो भए पनि एप्पलले प्रविधिको खेल बदल्ने क्षमता राख्छ। तर गुगल र सामसङले जस्तै प्रयोगकर्तालाई प्रत्यक्ष फाइदा दिने एआई सुविधा ल्याउनु एप्पलका लागि अब अपरिहार्य देखिन्छ।