एमाले सचिव महेश बस्नेतले भने रास्वपाका उम्मेद्वार घुमन्ते उम्मेदवार

User Image Prime TV News एक महिना अगाडि
Image of एमाले सचिव महेश बस्नेतले भने रास्वपाका उम्मेद्वार घुमन्ते उम्मेदवार

काठमाडौ । नेकपा एमालेका सचिव महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वारहरुलाई घुमन्ते उम्मेदवारहरूको स‌ंज्ञा दिदै स्थानीय र रैथाने उम्मेदवारलाई प्राथमिकता दिन एमाले कार्यकर्तालाई आग्रह गरेका छन्।

शुक्रबार एमाले युवा सङ्घको पहिलो बैठकमा बोल्दै बस्नेतले भने, “आफू जन्मेको वा हुर्केको ठाउँमा चुनाव लड्नु पर्ने हो। अहिले रास्वपाले देशभर घुमन्ते उम्मेदवार पठाउने चलन सुरु गरेको छ। घुमन्ते उम्मेदवारलाई घुमाइदिनुस्, तर भोट एमालेमा हाल्नुस्। यसपटक घुमन्ते उम्मेदवार बाइबाई र रैथाने उम्मेदवार हाई हाई।”

बस्नेतले जेनजी आन्दोलनका क्रममा रवि लामिछाने जेलबाट भागेपछि अन्य कैदीको मृत्यु भएको घटनाका लागि रवि लामिछाने र बालेन शाह जिम्मेवार भएको दाबी पनि गरे। उनले युवाहरूको काँधमा अहिले हिंसा र हत्या मार्ग वा विकास र समृद्धिको मार्ग बीचको निर्णय रहेको बताए।