विप्लवले कम्युनिष्ट एकताबाट आफुहरु नभइ प्रचण्ड भागिरहेका छन्ः विप्लव
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द विप्लवले कम्युनिष्ट एकताबाट आफुहरु नभइ प्रचण्ड भागिरहेको आरोप लगाएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित पार्टी ध्रुविकरण कार्यक्रममा विप्लवले कम्युनिष्ट एकताबाट भागेर प्रचण्ड लगाएतका केहि नेताहरुले गम्भीर त्रुटि गरिरहेको समेत बताए । माओवादी बिचारलाई भत्काएर एउटा सिट जित्नका लागि बिरोधीहरुसंग घाटी जोडेर क्रान्तिको संरक्षण नहुने उनले बताए ।
प्रचण्डले एकताका लागि केहिदिन अघि गरेको आह्वानमा विप्लवले बिचलनकारीहरुले एकताको अपील गरेको नसुहाउने भन्दै उनले जनतासंग सम्पूर्ण रुपमा जोडिएको शक्तिले मात्रै एकताको अपील गर्न सुहाउने तर्क गरे । माओवादी आन्दोलनलाई बिर्सजन गर्ने प्रकारको कुनै पनि एकतामा आफुहरु सहभागी नहुने उनको भनाई थियो ।












