नेपाली बजारमा सुन–चाँदीको मूल्यमा तीव्र गिरावट
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली बजारमा आइतबार सुन र चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला १८ हजार ८०० रुपैयाँले घटेको हो। यसअघि शुक्रबार सुन प्रतितोला ३ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो भने आइतबार घटेर प्रतितोला ३ लाख रुपैयाँ कायम भएको छ।
त्यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला १ हजार ५६५ रुपैयाँले घट्दै ५ हजार ५०० रुपैयाँमा झरेको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला ७ हजार ६५ रुपैयाँ थियो।













