माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु

User Image Prime TV News २ हप्ता अगाडि
Image of माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु

काठमाडौ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ ।

पार्टी कार्यालय पेरिषडाँडामा बसेको बैठकमा हालैको जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थिति र पार्टीभित्र बढ्दो अन्तर्विरोधका बिषयमा छलफल हुने बताइएको छ । भदौ २३ र २४ गते जेनजी विद्रोह पछि माओवादी पार्टीमा पनि नेतृत्व परिवर्तनको बहस उठेको छ ।

उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिनुपर्ने बताउदै आएका छन् । अन्य नेताहरुले भने अहिले नै पार्टी अध्यक्षको राजीनामा माग गर्न नहुने भन्दै संगठनलाई सुदृढिकरण गर्दै निर्वाचनमा केन्द्रीत हुनुपर्ने बताउँदै आएका छन् ।