राजेन्द्र लिङ्देनको नेतृत्वमा राप्रपा घोषणा पत्र तयार पार्दै

User Image Prime TV News एक महिना अगाडि
Image of राजेन्द्र लिङ्देनको नेतृत्वमा राप्रपा घोषणा पत्र तयार पार्दै

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा आगामी प्रतिनिधि सभा निर्वाचनका लागि घोषणा पत्र तयार गरिरहेको छ।

पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार, घोषणा पत्रलाई अन्तिम रूप दिइरहेको चरणमा छ र केही दिनभित्रै सर्वसाधारणसमक्ष सार्वजनिक गरिनेछ। श्रेष्ठले भने, “अध्यक्षज्यूकै नेतृत्वमा घोषणा पत्र लेखन कार्य भइरहेको छ। छिट्टै हामीले यसलाई सार्वजनिक गर्नेछौं।”

पार्टीले आफ्नो घोषणा पत्रमा राजसंस्था, हिन्दुराष्ट्र, प्रदेश संरचना खारेजी, पूर्ण समानुपातिक निर्वाचन प्रणाली लगायतका राजनीतिक एजेन्डा समावेश गर्ने तयारी गरिरहेको छ। यसका अतिरिक्त सामाजिक र आर्थिक रूपान्तरणका एजेन्डा पनि पत्रमा रहनेछन्।

उनले थपे, “गणतन्त्र, धर्म निरपेक्षता र संघीयताको विकल्पमा देशलाई अघि बढाउने मार्गचित्र पनि घोषणा पत्रमा समावेश हुनेछ।” राप्रपाले आगामी प्रतिनिधि सभा निर्वाचन फागुन २१ गते हुने भएकाले, पार्टीले आफ्नो एजेन्डा स्पष्ट पारेर मतदातासमक्ष प्रस्तुत गर्ने तयारी गरेको छ।