बाँकेमा निर्वाचन आचारसंहिता पालनामा कडाइ, अनुगमन सुरु

User Image Prime TV News एक महिना अगाडि
Image of बाँकेमा निर्वाचन आचारसंहिता पालनामा कडाइ, अनुगमन सुरु

बाँके । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउने उद्देश्यका साथ बाँकेमा निर्वाचन आचारसंहिता पालनामा कडाइका साथ अनुगमन सुरु भएको छ।

निर्वाचन आयोगले गठन गरेको अनुगमन समितिले निर्वाचन क्षेत्र नं. २ र ३ मा विभिन्न मौखिक उजुरी प्राप्त भएको जनाएको छ। उजुरी अनुसार, केही विद्यालयमा कार्यक्रम आयोजना गरिएको, पालिकाका वडाध्यक्षद्वारा प्रचारप्रसार भएको र पालिकाका डोजर तथा टिपर प्रयोग गरेर सडक ग्राभेल गर्ने गतिविधि भएको पाइएको छ।

अनुगमन समितिका अधिकृत पूर्णबहादुर खत्रीका अनुसार, आचारसंहिता विपरीत सबै काम बन्द गरिएका छन् र सम्बन्धितलाई सचेत गराइएको छ। निर्वाचन आयोगले बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी पूर्णबहादुर खत्री र कोष तथा लेखा नियन्त्रण कार्यालय प्रमुख सर्वोदय उपाध्यायलाई अनुगमन अधिकृतको रूपमा तोकेको छ।

आयोगले स्पष्ट पारेको छ कि निर्वाचन प्रचारप्रसार कार्य फागुन ४ देखि १८ गतेसम्म मात्र गर्न पाइने कानुनी प्रावधान रहेको छ।