नाउपा संरक्षक रेशम चौधरीको उम्मेदवारी रिट सर्वोच्चमा हेर्न नभ्याइनेमा

User Image Prime TV News एक महिना अगाडि
Image of नाउपा संरक्षक रेशम चौधरीको उम्मेदवारी रिट सर्वोच्चमा हेर्न नभ्याइनेमा

काठमाडौ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेश्म चौधरीको प्रतिनिधि सभा उम्मेदवारी खारेज विरुद्धको रिट सर्वोच्च अदालतमा हेर्न नभ्याइने अवस्थामा परेको छ।

चौधरीले माघ ६ गते कैलाली-१ बाट उम्मेदवारी दिएका थिए। टीकापुर घटनामा दोषी भएका र राष्ट्रपतिबाट माफी पाए पनि उनी उम्मेदवार बन्न नपाउने उजुरीका आधारमा निर्वाचन अधिकृतले उम्मेदवारी खारेज गरेका थिए।

चौधरी माघ १० गते सर्वोच्च पुगेका थिए र अन्तरिम आदेश मागेका थिए। सुनुवाइका क्रममा न्यायाधीश सपना प्रधान मल्ल र अब्दुल अजीज मुसलमानको इजलासले अन्य मुद्दा समाप्त नहुँदा चौधरीको रिटको पालो आउन नसकेको जनाएको छ।

यसअघि माघ १५ को पेशीमा जवाफ नपरेकाले आजको सुनुवाइ सारिएको थियो।